एनआइएमबी एस क्यापिटलको जेनेरल म्यानेजरमा ढुंगाना नियुक्त

Advertisement

काठमाडौं । एनआइएमबी एस क्यापिटल लिमिटेडले सचिन्द्र ढुंगानालाई जेनेरल म्यानेजरमा बढुवा गरेको छ । वित्तीय र लेखा क्षेत्रमा अनुभवी ढुंगानाले अब कम्पनीको वृद्धि र रणनीतिक पहलको नेतृत्व गर्ने भएका हुन् । 

द इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्ट अफ नेपालबाट चार्टर्ड एकाउन्टेन्ट पढेका ढुंगानाले आफ्नो करियरमा निरन्तर समर्पण र विशेषज्ञता प्रदर्शन गर्दै आएका छन् । एसिसिएबाट आइएफआरएसमा डिप्लोमा प्राप्त गरेर वित्तीय प्रतिवेदन र विश्लेषणमा उत्कृष्टता प्रदर्शन गरेर आफ्नो योग्यतालाई अझ बलियो बनाएका छन् । 

Advertisement

लेखापरीक्षण, लेखा, परामर्श र सल्लाहकार सेवामा एक दशकभन्दा बढी अनुभवको साथ ढुंगानाको यो निर्णायक भूमिका सम्मको यात्रा महत्वपूर्ण उपलब्धिहरूद्वारा अंकित छ । उनले एसआर पाण्डे एण्ड कम्पनीमा अडिटर म्यानेजरको रूपमा छ वर्षभन्दा बढी समय बिताएका थिए । १.८ वर्ष एनआइएमबी क्यापिटल मार्केट्स लिमिटेडमा बिजनेस सपोर्ट र म्युचुअल फण्ड विभागको प्रमुखको रूपमा काम गर्दा उनले नेपालमा म्युचुअल फण्डको बृद्धि र विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन् । 

ढुंगानाले यस बढुवा अगावै नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडमा २.५ वर्षसम्म चिफ अपरेटिङ अफिसर तथा चिफ अफ फाइनान्स युनिटको पद सम्हालेका थिए । साथै उनले हेड अफ मर्चेन्ट बैंकिङ युनिटको रूपमा पनि काम गर्दा नेपाली पूँजी बजारमा म्युचुअल फण्ड व्यवस्थापन र कर्पोरेट सल्लाहकारको रुपमा सेवा प्रदान गरेका थिए । 
 

Advertisement

Advertisement