पर्यटकहरु भित्र्याएर राज्यलाई योगदान गर्ने सेभेन समिट ट्रेक्स कम्पनी सम्मानित

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले सेभेन समिट ट्रेक्स कम्पनीलाई सम्मान गरेको छ । 

विश्व पर्यटन दिवसको अवसरमा मन्त्री किरातीले समिट ट्रेक्स कम्पनीलाई गरेको हो । उक्त कम्पनीले पर्वतारोहण र ट्रेकिङको क्षेत्रमा विगत एक वर्षमा नेपालमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गरी पर्यटन प्रवद्र्धनमा उल्ललेखनीय योगदान पुयाउने ट्रेकिङ र एक्सपिडिसन कम्पनी काठमाडौंस्थित सेभेन समिटलाई सम्मान गरेको हो । 

Advertisement

मन्त्री किरातीले सेभेन समिटका निर्देशक छाङ दावा शेर्पालाई देशकै सबैभन्दा ठूलो योगदानकर्ता एक्सपिडिसन कम्पनीको रुपमा पहिचान गर्दै सम्मान गरेका थिए ।

सेभेन समिटले गत आर्थिक वर्ष विश्वबाट सयौं आरोहीहरु ल्याएर सरकारलाई ४३ लाख अमेरिकी डलर प्रत्यक्ष भुक्तानी गरेको मन्त्रालयले जनाएको छ । 

२०१० मा स्थापना भएदेखि सेभेन समिटले हिमालय र काराकोरम क्षेत्रमा सबैभन्दा ठूलो पर्वतारोहण आरोहण सञ्चालन गर्दै आएको छ । 

Advertisement

Advertisement