सुनको मूल्य चार दिनमा प्रतितोला तीन हजार चार सय रुपियाँ घट्यो, यस्तो छ आजको बजार मूल्य

Advertisement

काठमाडौं । सुनचाँदीको मूल्य लगातार घटिरहेको छ । चार दिनमा सुन प्रतितोला तीन हजार ४ सय रुपियाँ र चाँदी प्रतितोला ४५ रुपियाँ घटेको हो । आज सुन प्रतितोला ८ सय रुपियाँ घट्दा चाँदी भने प्रतितोला २५ रुपियाँ बढेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख  ८ हजार ८ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ९५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

सुन गत मंगलबारदेखि लगातार घटिरहेको हो । चाँदी भने तीन घटेर आज भने बढेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला १ सय रुपियाँ बढेको सुनको मूल्य सोमबार स्थिर रहेको थियो । त्यसपछि मंगलबार प्रतितोला ४ सय, बुधबार ८ सय, बिहीबार १४ सय र आज शुक्रबार ८ सय रुपियाँ घटेको हो । 

त्यस्तै आइतबार ५ रुपियाँ बढेको चाँदी सोमबार स्थिर रहेको थियो । मंगलबार ४० रुपियाँ, बुधबार १५ रुपियाँ र हिजो बिहीबार १५ रुपियाँ घटेको चाँदीको मूल्य आज शुक्रबार भने प्रतितोला २५ रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार २ सय ८० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९२ हजार ८ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ९६ रुपैयाँ कायम गरेको छ । 

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटबढ हुँदा नेपालमा त्यसको प्रभाव देखिने गरेको छ । यसपटक नेपालमा दैनिक सुनको कोटा १० किलोबाट २० किलो पुर्याउने राष्ट्र बैंकको निर्णयसँगै भाउ लगातार घटिरहेको छ । 

Advertisement

Advertisement