काठमाडौं । नेपालले बंगबन्धु गोल्डकप फुटबलमा आयोजक बंगलादेशसँग गोलरहित बारबरी खेल्दै उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा शुक्रबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेल्दै आफ्ना सेमिफाइनल यात्रा सुनिश्चित गरेको हो ।
खेलमा दुवै टोलीले समान अवसर पाए पनि गोल गर्न सकेनन् । बराबरीपछि नेपाल गोल अन्तरका आधारमा समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । बङ्गलादेश समूह विजेता बन्दै सेमिफाइनल प्रवेश ग¥यो । समूह चरणको अन्तिम खेलअगावै दुवै टोलीे सेमिफाइनल प्रवेश गरिसकेका थिए ।
गत वर्षको विजेता मलेसिया समूह चरणको अन्तिम खेलमा आज श्रीलङ्कासँग २–१ ले पराजित भएसँगै दुवै टोली सेमिफाइनल पुगेका हुन् । यसअघि समूहचरणको पहिलो र दोस्रो खेलमा नेपालले क्रमशः मलेसियासँग गोलरहित बराबरी र श्रीलङ्कालाई १–० ले पराजित गरेको थियो ।
अब नेपालले समूह ‘बी’को विजेतासँग खेल्नेछ । यो समूहमा माल्दिभ्स, बहराइन यू–२२, कम्बोडिया र बंगलादेश यू–२३ छन् । यसमा माल्दिभ्सले लगातार दुई जितसँगै एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
नेपालले पहिलो खेलमा फेल्डा युनाइटेडसँग गोलरहित बराबरी खेलेको थियो । नेपालले दोस्रो खेलमा श्रीलंकामाथि १–० को सफलता हात पार्दै २८ महिनायताको अजितविहिन यात्रालाई १२ खेलमा पूर्णविराम लगाएको थियो । त्यसपछि नेपालले फिफा वरीयतामा १७ स्थानमाथिको बंगलादेशसँग अंक बाँडेको हो ।