आवरण प्रकाशनद्धारा प्रकाशित डा. अनन्त अधिकारीको ‘सर्वाइवल नोट’ लोकार्पण

Advertisement

काठमाडौं । वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारीको कविता संग्रह ‘सर्वाइवल नोट’ शनिबार लोकार्पण गरिएको छ । पुस्तक आवरण प्रकाशनले प्रकाशन गरेको हो । 

साहित्यकार तथा लेखक प्राडा अभि सुवेदीलगायतले पुस्तक लोकार्पण गरे । मानसिक अस्पताल पाटनका निर्देशकसमेत रहेका अधिकारीको पुस्तकमा ४० वटाभन्दा बढी कविताहरु रहेका छन् । बाँच्नका लागि अभिप्रेरित गर्ने खालका यी कविताहरुको संग्रह अधिकारीको पहिलो साहियित्क कृति हो । 

Advertisement

मानिसहरुलाई बाँच्न अभिप्रेरित गर्ने अधिकारीका कविताहरु आफ्नो पेशासँगको अनुभवमा बढी आधारित छन् । काभ्रेपञ्चोकको कुशादेवीका डा. अधिकारीले गीतहरु पनि लेखेका छन् । उनका गीतहरु कतिपय चलचित्रमा समेत गायिएका छन् । 

कार्यक्रममा पुस्तकका लेखक डा. अधिकारी, वरिष्ठ साहित्यकार डा. अभि सुवेदी, हाँस्य कलाकार मनोज गजुरेल, अर्थविद् डा अच्युत वाग्ले,  संगीतकार रामप्रसाद अधिकारीलगायतले बोलेका थिए । 

Advertisement

Advertisement