सूचना प्रविधि पढ्ने ५० जनालाई छात्रबृत्ति दिन इक्यानले गर्यो सम्झौता

Advertisement

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले ५० जना नेपाली विधार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्ने सम्झौता गरेको छ । 

इक्यानको स्टडी इन नेपाल अभियान अन्तरगत सामाजिक उत्तरदायित्व विभागको संयोजनमा सफ्टएड ग्रुप अन्तरगत सनवे कलेजसँग २०२३ र २०२४ मार्च सेसनका निम्ती सूचना प्रविधि विषयको स्नातक तहमा छात्रबृत्ति प्रदान गर्ने सम्झौता भएको हो । 

Advertisement

दुई जनालाई पूर्ण र ४८ जनालाई आंशिक छात्रबृत्ति दिने सम्झौता भएको हो । आंशिक छात्रबृत्ति पाउने १० जनाले ५० प्रतिशत र ३८ जनाले ३० प्रतिशत छात्रबृत्ति पाउने छन् । 

यही नोभेम्बर सेसनका लागि नोभेम्बर ३ र २०२४ को मार्च सेसनका लागि फेब्रुअरी १८ सम्म इच्छुक विधार्थीहरुले आवेदन दिन सक्ने इक्यानका अध्यक्ष शेषराज भट्टराईले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।  
 

Advertisement

Advertisement