खराब मौसमका कारण धावनमार्ग नदेखिएपछि अवतरण गर्नलाग्दा कतार एयर ‘ओभरसुट’

Advertisement

काठमाडौं । खराब मौसमका कारण धावनमार्ग नदेखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नैलाग्दा कतार एयरवेजको जहाजलाई ओभरसुट गर्नुपरेको छ ।

रनवे भिजिविलिटी रेन्ज (आरभीआर) कम हुँदा कतार एयरवेजको जहाजलाई ओभरसुट गर्नुपरेको हो । कतार एयरको उडान नं. ६८४ नम्बरको यो जहाज दोहाबाट काठमाडौं आएको थियो । 

Advertisement

बुधबार बिहान सवा सात बजे अवतरण गर्न लाग्दा धावनमार्ग राम्रो नदेखिएपछि ओभरसुट गरे पनि केही समयपछि पुनः अवतरण गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । 

खराब मौसमका कारण आज बिहानैदेखि आन्तरिक उडानहरु प्रभावित भएको बेला अन्तर्राष्ट्रिय उडानमा समेत प्रभाव परेको हो । 

Advertisement

Advertisement