माथिल्लो मैलुङ खोलाको आईपीओ आजदेखि निष्काशन खुला

Advertisement

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आज असोज १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ ।  

कम्पनीले प्रतिकित्ता रु। १०० अंकित मूल्यमा १५ करोड रुपियाँ बराबरको १५ लाख कित्ता आइपीओ जारी गरेको हो । यसअघि नै १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि पनि बाँडफाँट भएको छ । 

Advertisement

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई बिक्री गरेर बाँकी रहेको ९ हजार २ सय कित्तासमेत थप गरेर १२ लाख ८४ हजार २ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त शेयर १ लाख २८ हजार ४ सय २० जनाले १०–१० कित्ता पाउने छन् । 

सानिमा समूह अन्तर्गतको कम्पनीले रसुवामा १४.३ मेगावाटको माथिल्लो मैलुङखोला जलविद्युत आयोजना निर्माण गरिरहेको जनाएको छ ।  

Advertisement

Advertisement