मुक्तिनाथ कृषि कम्पनीको आईपीओ कात्तिक १० गतेदेखि, कसले भर्न पाउँछन् ?

Advertisement

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई कात्तिक १० गतेदेखि आईपीओ निष्काशन खुला गर्ने भएको छ । 

कम्पनीले जारी पुँजी ७० करोड रुपियाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपियाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 

Advertisement

पहिलो चरणमा १ करोड ४० लाख रुपियाँ बराबरको १ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गर्न लागेको हो । वैदेशिक रोजगारीमाहरुले कात्तिक २४ गतेसम्म आवेदन दिन सक्ने बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले जनाएको छ ।

उक्त आईपीओ बाँडफाँट पछि सर्वसाधारणका लागि निष्काशन खुला गरिने कम्पनीले जनाएको छ ।
  
 

Advertisement

Advertisement