नेपाल वायुसेवाका जहाजहरु भकाएक ‘ग्राउण्डेड’ भएपछि अनुगमन गर्न विमानस्थल पुगे मन्त्री

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक अनुगमन गरेका छन् । 

नेपाल वायुसेवा निगमको वाइडबडी र न्यारोबडी जहाज ग्राउण्डेड भएपछी उनले विमानस्थलमा आकस्मिक अनुगमन गरेका हुन् । न्यारोबडी जहाजले आजैबाट उडान भर्ने र वाइडबडीले सोमबारसम्ममा उडान सुरु गर्ने विमानस्गल व्यवस्थापन र निगमका अधिकारीले जवाफ दिएका थिए । 

Advertisement

दशैंलाई मध्यनजर गर्दै आन्तरिकतर्फ नेपालगञ्जमा अर्को टुइन वटर जहाज इन्जिनियरसहित एउटा जहाज राखेर कर्णाली र सुदुर पश्चिमका एयरपोर्टमा उडान भर्ने व्यवस्थाको लागि निर्देशन दिएका मन्त्रालयले जनाकारी दिएको छ । 

निगमको न्यारोबडी जहाज दमाम उडानपछि सामान अनलोड गर्दा गाडी ठोक्किएर जहाजको बडी इस्क्र्याच (कोरिएको) भएको, सो कारणले शनिबार जहाज ग्राउण्डेड भएको, उक्त जहाजको प्रविधिक जहाच गर्दा प्राविधिक समस्या भने नदेखिएकोले आजबाट उडान भर्न लार्गिको दावी गरिएको छ । 

केही दिनअघि दमाम जान राति उडेको नेपाल वायुसेवाको जहाज बीच बाटोमा पुगेपछि प्राविधिक समस्या देखिएसँगै काठमाडौं फर्किएको थियो । 
राति १२ बजे दमामका लागि उडेको उक्त जहाज फर्किएर बिहान ४ः५१ मा त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । राम्रोसँग प्राविधिक जाँच नभएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक जाँचमा संलग्न इन्जिनियरहरुलाई कारवाही गरिसकेको छ । 

Advertisement

Advertisement