काठमाडौं । शेयर बजार आज पनि घटेको छ । आज नेप्से १२.५८ अंकले घटेको हो । ०.६५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९०८.६६ अंकमा ओर्लिएको हो ।
आज २८७ कम्पनीका ४३ लाख २७ हजार १ सय ७९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १७ करोड १ लाख ७२ हजार ७ सय २२.०८ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार घटेको दिन आज सयपत्री हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.८८ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै बाराही हाइड्रो र हिमालयन लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १० र ९.९९ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज नबिल बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको ३ करोड ५१ लख ४५ हजार ३ सय ६९.४० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन हिजो आइतबार बजार ३५.६७ अंकले घट्दा १ अर्ब ८० करोड १७ लाख ६६ हजार २ सय ९४.०८ रुपियाँ बराबरको कारोबार भएको थियो ।