चिरख्वा हाइड्रोको आईपीओ मंगलबारदेखि निष्काशन खुला

Advertisement

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गते मंगलबारदेखि असोज २६ गते शुक्रबारसम्म सर्वसाधारणका लागि आइपीओ निष्काशन खुला गर्ने भएको छ । 

यसअघि कम्पनीले८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि,  १६ हजार कित्ता सामूहिक लगानी कोष र ४० हजार कित्ता कर्मचारीलाई बाँडफाँट गरिसकेको छ । 

Advertisement

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख कित्ता निष्काशन गरेकोमा बिक्री नभएको १ लाख ९५ हजार ३ सय कित्ता थप गरेर कम्पनीले ८ लाख ५९ हजार ३ सय कित्ता सर्वसाधारणको लागि निष्काशन खुला गर्न लागेको बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ । 

सर्वसाधारणका लागि बिक्री गर्न लागिएको आईपीओ ८५ हजार ९ सय ३० जनाले १०–१० कित्ताका दरले पाउने छन् । 

उक्त कम्पनीले भोजपुर जिल्लामा ४.७ मेगावाटको अपर चिरख्वा हाइड्रोपावर आयोजना निर्माण गरिरहेको जनाएको छ ।

Advertisement

Advertisement