सोनापुर मिनरल्सको आईपीओ बाँडफाँट, तपाईँलाई पर्यो कि ? यसरी हेर्नुहोस्

Advertisement

काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले असोज १४ गते आइतबारदेखि १८ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आज बिहान बाँडफाँट भएको छ । 

बिक्री प्रबन्धक एनआइबी एस क्यापिटलको कार्यालय  लाजिम्पाट, काठमाडौंमा आईपीओ बाँडफाँट भएको हो । 

Advertisement

लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबी एस क्यापिटलको वेबसाइट https://www.nimbacecapital.com/ र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/  र कम्पनीको वेबसाइट https://www.sonacement.com/  बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।

कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा १३७ रुपियाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता रु. २३७ रुपियाँ ५८ पैसामा ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता आईपीओ बिक्री गरेको हो । 

सेबोनबाट कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपियाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपियाँ बराबरको १ करोड २३ लाख २ सय कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । 

पहिलो चरणमा कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पाका स्थानीय बासिन्दाहरुका लागि रु. १०० अंकित मूल्यमा रु. १२५ रुपियाँ प्रिमियम थप गरी प्रतिशेयर रु. २२५ रुपियाँमा १५ लाख ३७ हजार ५ सय २५ कित्ता शेयर निष्काशन गरेको थियो । 

उक्त शेयरमा स्थानीय बासिन्दाहरुले १ लाख ३४ हजार ५ सय २० कित्ताका लागि मात्र आवेदन दिएका थिए  । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १२ लाख १६ हजार ५ सय ६८ कित्ता, सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २ सय ८४ कित्ता र कर्मचारीहरुका लागि ६ लाख ८ हजार २ सय ८४ कित्ता बाँडफाँट गरिसकेको छ । 

undefined

Advertisement

Advertisement