काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ११.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले आज २०७९÷८० को नाफाबाट १०.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको सीईओ प्रकाश पौडेलले जनाएका छन् ।
बैंकको हाल कायम चुक्ता पूँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार २ सय १३.१६ रुपियाँ छ ।
राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले लाभांश पाउने छन् ।