मिड सोलु र भगवती हाइड्रोको आईपीओ सूचीकृत, बिहीबारदेखि कारोबार, ओपनिङ रेञ्ज कति ?

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा दुई हाइड्रो कम्पनीको आईपीओ सूचीकृत भएको छ । मिड सोलु हाइड्रोपावर लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ आज सूचीकृत भएको हो । 

यसैक्रममा मिड सोलुको ७४ लाख ८४ हजार कित्ता आईपीओ सूचीकृत भएको हो । सर्वसाधारणलाई बिक्री गरिएको १४ लाख ९६ हजार ८ सय कित्ता र संस्थापकहरुको ५९ लाख ८७ हजार २ सय कित्ता आईपीओ सूचीकृत भएको हो । 

Advertisement

नेप्सेमा सूचीकृत भएसँगै भोलि बिहीबारदेखि उक्त कम्पनीको शेयर कारोबार शुरु हुनेछ । रु. १०० देखि रु. ३०० सम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । 

यता, भगवती हाइड्रोको ५७ लाख २० हजार ६ सय ४७ कित्ता आईपीओ पनि आजै सूचीकृत भएको छ । सर्वसाधारणलाई बिक्री गरिएको १४ लाख ३० हजार १ सय ६२ कित्ता र संस्थापकहरुको ४२ लाख ९० हजार ४ सय ८५ कित्ता शेयर सूचीकृत भएको छ । 

नेप्सेमा सूचीकरण भएसँगै भोलि बिहीबारबाटै उक्त कम्पनीको शेयर पनि कारोबार शुरु हुनेछ । रु. १२०.४१ देखि रु. ३६१.२३ ओपनिङ रेञ्ज निर्धारण गरिएको नेप्सेले जनाएको छ । 
  
 

Advertisement

Advertisement