काठमाडौं । एनआइसी एसिया म्युचुअल फन्ड अन्तर्गतका २ वटा म्युचुअल फन्डले लाभांश घोषणा गरेका छन् ।
एनआईसी एशिया क्यापिटलको शनिबार बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट एनआइसी एसिया ग्रोथ फन्डले १०.५० प्रतिशत र ब्यालेन्सड् फन्डले १० प्रतिशत (करसहित) नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरिएको हो ।
ग्रोथ फन्डले ८ करोड ७६ लाख ९६ हजार र ब्यालेन्सड्ले ७ करोड ५५ लाख रुपियाँ नगद लाभांशमा वितरण गर्न लागेका हुन् ।