मन्त्री किराँतीले व्यवसायीहरुलाई सोधे-‘चाडबाडको बेला हवाई भाडा किन महंगो ?’

Advertisement

काठमाडौं । हवाई भाडा महंगो भएको विषयमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र वायुसेवा सञ्चालकहरुबीच छलफल भएको छ । 

चाडबाडको बेला महंगो भाडा किन भयो ? भन्दै पर्यटन मन्त्री किराँतीले वायुसेवा सञ्चालकहरुलाई छलफलमा बोलाएका हुन् । 

Advertisement

उक्त अवसरमा वायुसेवा सञ्चालकहरुले सरकारले लगाएको मूल्य अभिवृद्धि कर (भ्याट), विमानस्थल शुल्क, इन्धनको मूल्यवृद्धि लगायतका कारण भाडा महंगो भएको जवाफ दिएको सहभागी एक व्यवसायीले जानकारी दिए ।

undefined

Advertisement

Advertisement