काठमाडौं । वायुसेवा संचालक संघले संघले २०७३ सालमा नै निर्धारित हवाई भाडा अनुसार नै उडान संचालन गरिराखेको बताएको छ ।
मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै संघले हवाई भाडादर बजारको माग र आपूर्ति बमोजिम तलमाथि हुने बताएको छ ।
वायुसेवा कम्पनीहरुको अत्याधिक टिकट अनलाईन प्रणालीमार्फत नै बिक्री गर्ने व्यवस्था भएकोले पारदर्शी रुपमा नै टिकट खरिद बिक्री भईरहेको संघले जनाएको छ ।