काठमाडौं । विभिन्न २० कम्पनी नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आईपीओ निष्काशनका लागि अनुमति कुरेर बसेका छन् ।
सेबोनको कात्तिक २ गतेसम्मको तथ्याङ्क अनुसार यी कम्पनीहरुले ११ अर्ब ५४ करोड २० लाख ८ हजार ५ सय रुपियाँ बराबरको आईपीओ निष्काशनको माग गर्दै सबोनमा आवेदन दिएका छन् ।
रिलायन्स स्पिनिङ मिल्सले ७ लाख ७० हजार ६ सय ४० कित्ता आईपीओ बुक बिल्डिङ बिधिबाट आईपीओ निष्काशनको लागि आवेदन दिएको छ ।
आईपीओ निष्काशनको अनुमति माग गर्दैै सेबोनमा आवेदन दिएका कम्पनीहरुमा डीस मिडिया नेटवर्क, दाराम खोला हाइड्रो, सान्भी इनर्जी, रिचेत जलविद्युत, बेनी हाइड्रो, याम्बलिङ हाइड्रो, एपेक्स हस्पिटालिटी, माबिलुङ इनर्जी, जगदम्बा स्टिल, एसवाई प्यानल नेपाल लिमिटेड, सोलु हाइड्र र टक्सार पिखुवाखेला हाइड्रो छन् ।
त्यस्तै हिमस्टार उर्जा कम्पनी र भुजुङ हाइड्रो पनि आईपीओ निष्काशनका लागि सेबोनको अनुमति कुरेर बसेको छन् ।
यता रिलायन्स स्पिनिङ मिल्स, सर्वोत्तम सिमेन्ट, अक्कोर्ड फर्मास्यूटिकल्स लिमिटेड, ट्रेड टावर लिमिटेड, सानिमा हाइड्रो, कान्तिपुर टेलिभिजन नेटबर्क र आईएमई लिमिटेडले पनि आईपीओ निष्काशनका लागि सेबोनमा आवेदन दिएका छन् ।