दुई लाख ७ हजारलाई पर्ने भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ कात्तिक १६ गतेदेखि

Advertisement

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले कात्तिक १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । 

आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीलाई शेयर बाँडफाँड गरिसकेको कम्पनीले सर्वसाधारणका लागि २० लाख ७५ हजार २ सय ८५ कित्ता आईपीओ बिक्री गर्न गर्न लागेको हो ।  

Advertisement

स्थानीय बासिन्दालाई आइपीओ बाँडफाँड गरी बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता शेयरसहित कूल २० लाख ७५ हजार २ सय ८५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।

उक्त शेयर २ लाख ७ हजार ५ सय २३ जनाले १०–१० कित्ता र ५ जनाले ११–११ कित्ताका दरले पाउने छन् । कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा  २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको जनाएको छ । 

Advertisement

Advertisement