रातो पोतिएर शेयर बजारले लियो दशैंको बिदा, कारोबार निराशाजनक

Advertisement

काठमाडौं । बिहीबार आजको कारोबारसँगै शेयर बजारले दशैंका लागि बिदा लिएको छ । दशैं बिदा अघिको शेयर बजारले रातो पोतिएर बिश्राम लिएको हो ।  

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.०५ अंकले तल ओर्लिएको हो । ०.२१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९०३.८४ अंकमा झरेको छ । 

Advertisement

आज २८४ कम्पनीका ३७ लाख ६६ हजार १ सय ५३ कित्ता शेयर किनबेच हुँदा ९७ करोड ६ लाख १२ हजार ८ सय ९२.०३ रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजार घटे पनि सिटिजन्स म्युचुअल फण्ड २ का लगानीकर्ताहरुले सबैभन्दा बढी ५.८७ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै सुपर सोलु हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.२५ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज नबिल बैंकको संस्थापक शेयर सबैभन्दा बढी किनबेच भएको छ । उक्त बैंकको ५ करोड ९० लाख रुपियाँ बराबरको संस्थापक शेयर किनबेच भएको हो ।

त्यस्तै दोस्रोमा प्रभु बैंकको ५ करोड १५ लाख ३७ हजार ६ सय कित्ता संस्थापक शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार दशैंको घटस्थापनाको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहेको थियो भने सोमबार बजार २३.१६ अंकले बजार घट्दा १ अर्ब २५ करोड ३२ लाख ९१ ह्जार ७०.९६ रुपियाँ, मंगलबार १३.१८ अंकले बजार बढ्दा १ अर्ब ८४ लाख ३७ हजार ८ सय ६०.६१ रुपियाँ र हिजो बुधबार ४३.२७ अंकले बजार बढ्दा ९३ करोड ४८ लाख ९४ हजार २ सय १८.१५ रुपियाँ बराबरको कारोबार भएको थियो । 

दशैंपछि अब कात्तिक १२ गतेमात्रै पुनः शेयर कारोबार हुनेछ । 
 

Advertisement

Advertisement