गत असोज २७ गते दुर्घटनामा परेको मनाङ एयरका पाइलट सेढाइँको निधन

Advertisement

काठमाडौं । गत असोज २९ गते दुर्घटनामा परेको मनाङ एयरको हेलिकप्टरका पाइलट सेढाइँको उपचारका क्रममा मृत्यु भएको छ । इण्डियाको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराइरहेका उनको निधन भएको मनाङ एयरले पुष्टि गरेको छ । 

उक्त कम्पनीले सेढाइँको मृत्यु भएको मंगलबार विज्ञप्तिमार्फत जानकारी दिएको हो । सोलुखुम्बुको लुक्लाबाट लोबुचेका लागि उडेको मनाङ एयरको एएस३५०बी३ई हेलिकप्टर नाइनएन–एएनजे अवतरणका क्रममा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा सख्त घाइते भएका सेढाइँको उपचारका लागि एयर एम्बुलेन्समार्फत तत्कालै बर्न सेन्टरमा पुर्याइएको थियो । 

Advertisement

चिकित्सकहरुको अथक प्रयासका बाबजुद पनि उनको मृत्यु भएको मनाङ एयरको भनाई छ ।

Advertisement

Advertisement