काठमाडौं । बुद्ध एयरले १७ औं एटीआर जहाज थपेको छ ।
शुक्रबार बुद्ध एयरले १७ औं एटीआर जहाज भित्र्याएको हो । नयाँ आएको जहाज एटीआर–७२ हो । यससँगै एटीआर–७२ जहाजको संख्या १४ पुगेको छ । नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याई १ महिनाभित्र उडान सेवा दिने प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
बुद्ध एयरसँग ३ वटा एटीआर–४२–३२० र १४ वटा एटीआर–७२–५०० जहाजहरु रहेका छन् ।
एयरका बजार निर्देशक रुपेश जोशीले ‘उडान संख्या उल्लेख्य वृद्धि भए अनुरुप यात्रुहरु आफ्नो समय अनुकल उडान भर्न सक्ने’ जनाएका छन् । थपिएको जहाजले नियमित मर्मत सम्भारमा पनि सहयोगी हुने बिज्ञप्तिमा उल्लेख गरेको छ ।
बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक १५० भन्दा बढि उडान भरिरहेको छ । त्यसैगरि अन्तरराष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी उडान भरिरहेको छ ।