नेपाल पर्वतारोहण संघले कालापत्थरमा राष्ट्रिय झण्डा फहराउने

Advertisement

काठमाडौं । नेपाल पर्वतारोहण संघले ५० औं स्थापना दिवसको अवसरमा सगरमाथाको आधारशिविर कालापत्थरमा राष्ट्रिय झण्डा फहराउने भएको छ । 

संघले आईतवार राजधानीमा पत्रकार सम्मेलन गर्दै जलवायु परिवर्तनले पार्ने असरका बारेमा विश्वलाई सन्देश दिने उद्देश्यले कालापत्थरमा राष्ट्रिय झण्डा फहराउन लागेको बताएको हो । 

Advertisement

संघका महासचिव मोहन लम्सालले सन् २००९ को डिसेम्बर ४ मा मन्त्रिपरिषद्को बैठक आयोजना गरिएको स्थान सगरमाथा आधारशिविर नजिकै रहेको कालापत्थरमा राष्ट्रिय झण्डा फहराउन लागेको बताए । उनले विश्वमा जलवायु परिवर्तनको सन्देश दिने उद्देश्यले लुम्बिनीबाट शान्तिको दीप प्रज्वलन गरी काठमाडौं हुँदै कालापत्थरमा दीप प्रज्वलन गरी नेपालको राष्ट्रिय झण्डा फहराउन लागेको बताए । 

लम्सालले शान्ति दीपसहित कालापत्थरमा राष्ट्रिय झण्डा फहराउँदा जलवायु परिवर्तनले हिमालहरुमा पर्न गएको अवसर बारेमा सन्देश दिने अपेक्षा रहेको बताए । उनले संघले ५० औं स्थापना दिवसका अवसरमा पासाङ ल्हामु शेर्पा महिला साहसिक पर्वतारोही पुरस्कार स्थापना गरी हेरक वर्ष साहसीक महिलालाई प्रदान गरिने बताए । 


लम्सालले पर्वतीय पर्यटनमा नेपाली महिलाहरुको उत्साहजनक सहभागितालाई थप प्रोत्साहन गर्ने साहसिक महिला आरोहीहरुलाई पुरस्कृत गर्न लागेको बताए । 

त्यस्तै, संघका अध्यक्ष निमा नुरु शेर्पाले नेपालको गौरव सगरमाथामा विश्व शान्तिको सन्देश जरुरी रहेकाले लुम्बीनीबाट शान्तिको दीप प्रज्ववलन गरी काठमाडौं हुँदै कालापत्थरमा दीप प्रज्ववलन गरी नेपालको राष्ट्रिय झण्डा फहराउने लागेको बताए । 

उनले आधारशिविरमा नेपालको राष्ट्रिय झण्डा फहराउँदा पर्वतारोहीहरु सगरमाथा चढ्दा नेपालमा नै रहेको अनुभुति दिन सकिने बताए । शेर्पाले हिमालको अगाडि नेपालको राष्ट्रिय झण्डा राख्दा नेपाल हिमालको लागि प्रसिद्ध हो भन्ने सन्देश जाने बताए । 

संघले ५० औं स्थापना दिवसको अवसरमा एशियाली पर्वतारोहण महासंघको साधरणसभा काठमाडौंमा गर्ने भएको छ । एशिया महादेशमा रहेका अल्पाइन क्लवहरुको छाता संस्थाहरुको रुपमा रहेको महासंघको साधरण सभामा एशिया महादेशका १८ वटा अल्पाइन क्लवहरुका प्रतिनिधिहरु सहभागिता हुनेछ ।

Advertisement

Advertisement