काठमाडौं । लाभांश पारित गर्न सिद्धार्थ बैंकले मंसिर ५ गते २२ औं वार्षि साधारणसभा आह्वान गरेको छ । बैंकले काठमाडौँको बालुवाटार स्थित आम्रपाली ब्यान्क्वेटमा बिहान १० बजे सभा डोकेको हो ।
उक्त साधारण सभाले सञ्चालक समितिले आर्थिक वर्ष २०७९/८० को नाफाबाट प्रस्ताव गरेको ४.२१ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
साधारणसभा प्रयोजनको लागि कात्तिक २१ गते बुक क्लोज गर्ने निर्णय भएको कम्पनी सचिव लक्ष्मण घिमिरेले जनाएका छन् ।
बैंकको हाल कायम चुक्ता पूँजी १४ अर्ब ८ करोड,९९ लाख ८० हजार १ सय ८५ रुपियाँ छ ।