एशियाली पर्वतारोहण महासंघको साधारणसभामा जलवायु परिवर्तनका असरबारे छलफल हुने

Advertisement

काठमाडौं । एशियाली पर्वतारोहण महासंघको साधारणसभा नेपालमा शुुरु भएको छ । काठमाडौंस्थित होटल मेरियटमा उक्त महासंघको साधारणसभा शुरु भएको हो । 

एशियाली महादेशमा रहेका अल्पाइन क्लवहरुको छाता संस्थाको रुपमा रहेको महासंघको वार्षिक साधारणसभा यस पटक नेपालमा आयोजना भएको नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले जानकारी दिए । 

Advertisement

वार्षिक साधारणसभामा एशिया महादेशका १८ वटा अल्पाइन क्लवहरुका अध्यक्ष, महासचिव तथा प्रतिनिधिहरुको सहभागिता छ । साधारणसभाले नेपालको पर्वतीय पर्यटन क्षेत्रको प्रवर्द्धनमा थप बल पुग्ने विश्वास लिइएको छ । 

कार्यक्रममा हिमाललाई कसरी प्रवर्द्धन गर्ने, कसरी बचाउने र हिमालको सुरक्षा र जलवायु परिवर्तनका कारण परेको असरलाई कसरी न्युनिकरण गर्ने भन्नेबारेमा छलफल हुने अध्यक्ष शेर्पाले बताए । 

त्यस्तै, पर्यटन विभागका महानिर्देशक चक्रबहादुर बुढाले पनि जलवायु परिवर्तनको सामना गरिरहेको बताए । उनले भने, ‘जलवायु परिवर्तनको मुख्य कारण ग्लोबल वार्मिङमा नेपालको योगदान नगण्य भए पनि हामी सबैभन्दा बढी प्रभावित हुने देशमध्ये एक हौं ।’  

नेपालको एकमात्र राष्ट्रिय अल्पाइन क्लब एनएमएको स्थापना १९७३ नोभेम्बर १ मा भएदेखि नै हिमाली पर्यटन प्रवर्द्धन, हिमाली वातावरण संरक्षण, दक्ष जनशक्ति उत्पादनमा सक्रियतापूर्वक काम गर्दै आएको उनले बताए । पर्यटन विभाग पर्वतारोहण क्षेत्रको एक महत्वपूर्ण साझेदारको रूपमा रहेको बताए । 
 

Advertisement

Advertisement