माझी वस्तीको लिलामी प्रक्रिया रोक्न र स्वेता खड्कालाई अदालतमा उपस्थित हुन अन्तरिम आदेश

Advertisement

काठमाडौं । उच्च अदालत पाटनले सिन्धुपाल्चोकको माझी वस्तीको जग्गा लिलामी प्रक्रिया १५ दिन रोक्न सम्वन्धित बैंकलाई अन्तरिम आदेश दिएको छ । 

नायिका स्वेता खड्काको नामले चिनिने रञ्जना खड्का र उनको स्वेताश्री फाउण्डेशनले नमुना वस्ती निर्माणका क्रममा माझीहरुले बैंकबाट लिएको ऋण आफूले व्यहोर्ने प्रतिवद्धता जनाए पनि अहिलेसम्म ऋण रकम भुक्तानी नदिएपछि हालको लक्ष्मी सनराइज बैंक (तत्कालिन सनराइज बैंक)लाई लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको हो । 

Advertisement


न्यायाधीश रमेशराज पोखरेलको इजराशले उक्त लिलामी प्रक्रिया रोक्न आदेश दिनुका साथै फाउडेशन र नायिक स्वेता खड्कालाई १५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश पनि दिएको छ । आफूहरुको घरजग्गा लिलामीमा जाने भएपछि माझी बस्तीका दर्जनौं पीडित माझीहरु अदालत पुगेको अधिवक्ता सरोज सिलवालले जानकारी दिए । 

निवेदकहरुका अनुसार यस्तो छ घट्नाक्रमः 
मिति २०७२ साल वैशाख १२ गते आएको बिनाशकारी भुकम्पको कारण हामी निवेदकहरु घरबार बिहिन हुन पुगेको र तत्कालिन समयमा सरकारबाट भुकम्पको कारण पुर्ण रुपमा क्षति पुगेका घरहरुलाई तिन किस्ता गरेर पुर्ननिमार्णको लागी ३ लाख रुपैयाँ दिने भनी निर्णय भएकोमा हामी माझी बस्तिका सबैले उक्त पुनरनिर्माण बापत प्राप्त हुने रकमले जे जस्तो घर निर्माण हुन्छ सोही अनुसारको घर निर्माण गर्ने मनसाय बनाई बसेको अवस्थामा विपक्षी स्वेता श्री फाउण्डेशनका अध्यक्ष स्वेता भन्ने रन्जना खड्काले “भुकम्पले भत्काएको तपाईहरुको घरको पुनर निर्माणका लागि मेरो फाउन्डेशनले सहयोग गर्छ भनि प्रस्ताव गरे पछि मुलुककै विख्यात नायीकाको प्रस्ताबमा हामी विश्वस्त भयौ । निजको प्रस्ताव बमोजिम भुकम्पले भताभुङ पारेपछी उदास र उदेक लाग्दो यो अवस्थाबाट एउटा सुन्दर, शान्त र मनोमहक बस्ति बनाउने र त्यसको लागी सरकारले दिने अनुदान समेत गरी नपुग थप रकम हाललाई हामीहरुको जग्गा धितो राखी प्राप्त भएको रकम प्रयोग गर्ने र पछी उक्त रिण रकमको साँवा व्याज विपक्षी फाउण्डेशनले व्यहोर्ने र सो सम्पुर्ण कामको जिम्मा विपक्षी फाउण्डेशन र विपक्षी मध्येकी स्वेता भन्ने रन्जना खड्काले भने पछी हामी निवेदकहरुले सोही बमोजिम राष्ट्रिय पुननिर्माण प्राधिकरण बाट प्राप्त भएको रु। ३,००,०००।९अक्षेरुपी तिन लाख रुपैयाँ० र साविकको लक्ष्मी बैँकमा हाम्रो घडेरी जग्गा धितो राखि सहुलियत ऋण सहयोगमा चौतारा साँगाचोकगढी वडा नं। १४ मा अवस्थित हामीहरुको जग्गामा एकिकृत नमुना माझि बस्ति निर्माण भएको हो । 

यसरी उक्त नमुना बस्ति निर्माण सम्पन्न भई हाल हामीहरुले बसोवास गरिरहेका थियौ भने बैंकबाट लिएको रिणको साँबा ब्याज हामी भुक्ता गर्न सक्दैनौ तसर्थ सो साँबा ब्याज तपाईले नै अबिलम्ब भुक्तानी गरि दिनुहोस भनि विपक्षी मध्येको स्वेता श्री फाउण्डेशन र उक्त फाउण्डेशनको अध्यक्ष विपक्षी मध्येका स्वेता भन्ने रन्जना खड्कालाई पटक पटक जानकारी गराउँदा तपाईहरु ढुक्क हुनुस हामी सहयोग गर्ने छौ भनी आश्वासन दिनु भएतापनी हाल सम्म कुनै सहयोग प्राप्त हुन सकेको थिएन । यसै बिच, मिति २०८०।०६।०४ गते अचानक कारोवार राष्टिय दैनिक पत्रिकामा ऋण कर्जा चुक्ता गर्ने भनी हामीहरुको नाम समेत प्रकाशित गरी विपक्षी बैंकबाट ३५ दिने सुचना जारी गरिएको रहेछ । हाम्रो खेतिपातीले बर्ष भरी खानसम्म नपुगी रहेको अवस्थामा तथा भएको रकम समेत घर निर्माण गर्दा आर्थिक भार परेको अबस्था समेतमा विपक्षी बैँकहरुलाई भुक्तानि दिनु पर्ने मासिक किस्ता रकम तिर्नको लागी हाम्रो कुनै आय उपाए नरहेको प्रष्ट छ । बर्षभरी खेतिपाती तथा नदिमा माछा मारेर आएको रकमले बर्ष भरी खान समेत नपुग्ने अवस्थाका हामीले मासिक रुपमा करिब ७ हजार रुपैयाँको ऋण किस्ता तिर्न माथि उल्लेखित कारण तथा बेरोजगारी समेतले गर्दा असमर्थ रहेकोमा हामीहरु समेतको नाममा लिलामीको सुचना प्रकाशित गरी कर्जा तिर्न आउनु होला भन्ने पत्राचार भएकोमा हामीहरुले यस सम्बन्धमा के रहेछ रु हामीहरुको कर्जा तिर्ने तथा घर निर्माण सम्बन्धमा सम्पुर्ण व्यवस्थाहरु मिलाई सकेको छौ भनी विपक्षी फाउन्डेशनले आश्वासन दिएकोमा हाल कसरी हाम्रो नाममा सुचना जारी भएको हो भनी स्वेता श्री फाउण्डेशनका अध्यक्ष स्वेता भन्ने रन्जना खड्कालाई सम्पर्क गर्दा कुनै चाँसो र प्रतिकृया नदिएको र बैँकमा बुझ्न जाँदा उक्त रकम नतिरे नबुझाए हामीहरु बसोवास गरीरहेको जग्गा समेत लिलाम गरी रकम असुलउपर गर्ने सक्ने भन्ने जवाफ दिएकोले साविक लक्ष्मी बैँकबाट कायम हुन आएको विपक्षी लक्ष्मी सनराईज बैँक लि।चौतारा शाखा सिन्धुपाल्चोकबाट जारी भएको पत्र तथा मिति २०८०।०६।०४ गतेका दिन कारोवार दैनिक पत्रिकामा प्रकाशित सुचना र उक्त सुचना जारी गर्ने सम्बन्धमा भए गरेका सम्पुर्ण निर्णय बिरुद्ध अन्य बैकल्पिक उपचारको अभावमा प्रस्तुत रिट निवेदन लिई यस सम्मानित अदालत समक्ष उपस्थित भएका छौ ।

undefined

Advertisement

Advertisement