डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानअन्तर्गत नयाँ विजेता घोषणा

Advertisement

काठमाडौं । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ७१९०७५३८८८९ कास आईडीका ग्राहक परशुराम तिमिलाले नगद रु एक लाख जितेका छन् । 

सोमवार भएको गोलाप्रथामार्फत तिमिलाले उक्त रकम जितेका हुन् । नेपालकै अग्रणी डीटीएच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै यो योजना सार्वजनिक गरेको थियो । 

Advertisement

यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता गोलाप्रथामार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् । त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । 

यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ । सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । 

‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान गत असोज १ देखि सिमित अवधिको लागि नेपालभर लागू हुने कम्पनीको भनाई छ ।

Advertisement

Advertisement