नेपाल लाइफले गर्यो पहिलो त्रैमासको व्यापार समीक्षा

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले एक दिवसीय बिजनेश रिभ्यू मिट, सम्पन्न गरेको छ । ‘पराक्रमी गति आक्रामक नीति’ भन्ने नाराका साथ कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको व्यापार समीक्षा गरेको हो ।

कम्पनीका संचालक कमलेशकुमार अग्रवालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा सीईओ प्रविणरमण पराजुली, डीसीईओ अमितकुमार कयाल, नेशनल सेल्स हेड उमापति पोखरेल उपस्थित थिए ।

Advertisement

उक्त अवसरमा सञ्चालक अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रीरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको र यसलाई मूर्तता प्रदान गर्न अहोरात्र लागेका सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । हाल नेपाल लाइफको जीवन बीमा बजारमा २७ प्रतिशत बजार हिस्सा रहेको उनले बताए । 

त्यस्तै सीईओ पराजुलीले नेपाल लाइफका कर्मचारी तथा अभिकर्ताहरुलाई चालु आर्थिक वर्षको पहिलो त्रैमासको कार्यसम्पादनको लागि धन्यवाद दिए । उनले आन्तरिक तथा बाह्य प्रणालीलाई समय सापेक्ष बनाउनका निम्ति डिजिटलाइज्ड रुपमा आफूहरु अघि बढेको बताए ।

कार्यक्रममा नेशनल सेल्स हेडसँग सम्बन्धित विभागीय प्रमुखहरु तथा प्रादेशिक प्रमुखहरुले आ–आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरेका थिए । कम्पनीको उच्च व्यवस्थापनद्वारा दिईएको मार्गदर्शनलाई शिरोधार्य गर्दै सेल्स टिम दत्त चित्त भई जीवन बीमा बजारको बजारीकरण तथा बीमाको पहुँचलाई बढाई यस कम्पनीको लिगासीलाई निरन्तरता प्रदान गर्न कुनै कसर बाँकि नराखी कार्यसम्पादन गर्न नेशनल सेल्स हेड पोखरेलले जोड दिए । 

कार्यक्रममा समापन मन्तव्य दिँदै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कयालले हालसम्मको उपलब्धिका लागि सबैलाई धन्यबाद ज्ञापन गर्दै जीवन बीमा बजारको हिस्सालाई थप बृहत बनाउनका निम्ति आग्रह गरे ।

Advertisement

Advertisement