मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट, तपाईँलाई पनि पर्यो कि ? यसरी हेर्नुहोस्

Advertisement

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले असोज २५ गतेदेखि ३० गतेसम्म निष्काशन खुला गरेको थप सार्वजनिक निष्काशन (एफपीओ) आज बाँडफाँट भएको छ । 

उक्त कम्पनीको आईपीओ आज बिहान बाँडफाँट भएको हो ।  

Advertisement

बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार उक्त कम्पनीको कम्पनीको एफपीओ १२ हजार ३ सय ७५ जनाले १०–१० कित्ता र ६ जनाले ११–११ कित्ताका दरले पाएका छन् । 

लगानीकर्ताले बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट https://nsmbl.com.np/ र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/  र कम्पनीको वेबसाइट https://www.mirmirebank.com.np/  बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।

कम्पनीले प्रतिकित्ता रु. १०० मा १ करोड २३ लाख ८१ हजार ६ सय ४५ रुपियाँ बराबरको १ लाख २३ हजार ८ सय १६ कित्ता एफपीओ बिक्री गरेको हो । 

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ निष्काशन गरेको हो । 

undefined

Advertisement

Advertisement