नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कमायो डेढ अर्ब, नाफा कमाउनेमा पहिलो

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब ५२ करोड खुद नाफा आर्जन गरेको छ । उक्त बैंकले वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा कमाएको हो । 

बैंकले आज प्रकाशित गरेको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार यो गत वर्षको समीक्षा अवधिको भन्दा ३३.४७ प्रतिशत बढी हो । गत वर्ष १ अर्ब १४ करोड कमाउको थियो ।  

Advertisement

समीक्षा अवधिसम्म बैंकले ४ अर्ब १६ करोड खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै सञ्चालन नाफा ५९.९० प्रतिशतले बढेर २ अर्ब ६० करोड ५४ लाख पुगेको छ । 

बैंकले इम्पेयरमेन्ट चार्ज बापत ६४ करोड ६ लाख छुट्याएको छ । 

बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड ८५ लाख र जगेडाकोषमा २५ अर्ब ८९ करोड ३८ लाख छ । बैंकको एनपीएल बढेर ४.८३ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी १७ रुपियाँ ८४ पैसा कायम भएको छ । 

प्रतिशेयर नेटवर्थ पनि १७३ रुपियाँ ३७ पैसा कायम रहेको वित्तीय विवरणमा उल्लेख छ । 

Advertisement

Advertisement