काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले १० प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको हिजो दिउँसो बसेको बैठकले आव २०७९/८० को नाफाबाट १० प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव सुन्दर श्रेष्ठले जनाएका छन् ।
कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ३६ करोड, ३६ लाख ३७ हजार रुपियाँ छ ।
यसैबीच कम्पनीको १२औं वार्षिक साधारण भा मंसिर १५ गते बिहान १० बजे कोर्टयाड छाँया सेन्टर ठमेलमा हुने भएको छ । उक्त सभाबाट लाभांश पारित गरिने छ ।
साधारण सभा प्रयोजनाका लागि मंसिर ४ गते एक दिन बुक क्लोज गर्ने निर्णय समेत भएको कम्पनी सचिव श्रेष्ठले जनाएका छन् ।