हिमालयनले बैंकले नाफा बढायो, पहिलो त्रैमासमा १ अर्ब ५ करोड कमायो

Advertisement

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । 

बैंकले आज प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार नाफा गत वर्षको समीक्षा अवधि भन्दा ९८.३५ प्रतिशतले बढाएको हो । गतवर्ष ५३ करोड २४ लाख रुपियाँ मात्रै कमाएको थियो । 

Advertisement

बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८५ करोड रुपैयाँले ऋणात्मक छ । 

बैंकले १ अर्ब ५० करोड रुपियाँ सञ्चालन मुनाफा गरेको छ । त्यस्तै ३ अर्ब १७ करोड रुपियाँ खुद ब्याज आम्दानी गरेको छ । 

बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४।६७ प्रतिशत पुगेको छ ।

बैंकले २ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । 

बैंकको चुक्तापूँजी २१ अर्ब ६५ करोड र रिजर्भको आकार १७ अर्ब ७ करोड रछ । 

त्यस्तै प्रतिशेयर आम्दानी (ईपीएस) १९.५१ रुपियाँ र प्रतिशेयर नेटवर्थ १७०.२७ रुपियाँ रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ ।  

Advertisement

Advertisement