एनसेलद्धारा जाजरकोट र रुकुमका ग्राहकलाई रु ४० लाख बराबरको ब्यालेन्स निःशुल्क प्रदान

Advertisement

काठमाडौं । एनसेल आजियाटा लिमिटेड पश्चिम नेपालमा शुक्रबार रातीको विनाशकारी भूकम्पबाट प्रभावितहरुको लागि ५० लाख रुपियाँ सहयोग सरकारलाई उपलब्ध गराउने र भूकम्प प्रभावित जिल्लाका ग्राहकलाई रु ४० लाख ब्यालेन्स बराबरको सेवा निःशुल्क प्रदान गर्ने निर्णय गरेको छ । 

ग्राहकहरूलाई आफ्ना आफन्तसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धारकार्यलाई सहयोग पुर्याउन प्रभावित जिल्ला जाजरकोट, रुकुममा रहेका ग्राहकलाई रु ४० लाख ब्यालेन्स बाराबरको सेवा निःशुल्क उपलब्ध गराइने एनसेलले बताएको हो । 

Advertisement

यसरी पाइने सेवामा देशका अन्य नेटवर्क र विदेशमा कल गर्न सकिने सेवा, डेटा र एसएमएस रहेको कम्पनीको भनाई छ् । यसको समयसीमा १५ दिनको रहने छ ।

Advertisement

Advertisement