भूकम्पले घर भत्काएका ठाउँमाबाहेक अन्य स्थानमा विद्युत् सुचारु

Advertisement

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले जाजरकोट र रुकुमपश्चिममा भूकम्पले घर भत्काएको ठाउँमाबाहेक अन्य स्थानमा विद्युत् सुचारु गरेको छ । 

भूकम्पका कारण पोल तथा लाइनहरुमा क्षतिपुग्दा त्यस क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो । प्राधिकरणबाट खटिएको टोलीले लाइन तथा पोलहरुको मर्मतसम्भार गरी हिजो बिहान १० बजेपछि विद्युत् सुचारु गरेको हो ।

Advertisement

प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतका प्रमुख शम्भु कुसियत यादवले सुरुमा अस्पतालहरुको लाइन सुचारु गरिएको बताए । यादवले घरहरु भत्किएको ठाउँमा उद्धार कार्य जारी रहेको र यस्तो अवस्थामा विद्युत् लाइन दिंदा थप दुर्घटना हुने भएकाले त्यहाँ आपूर्ति बन्द गरिएको उल्लेख गरे । 

उनले धेरै घर भत्किएको क्षेत्रमा मात्र लाइन काटिएको र अन्य स्थानमा विद्युत् नियमित रुपमा आपूर्ति भइरहेको बताए ।  
 

Advertisement

Advertisement