कामना सेवाले फुटसल कप सिजन ३ सहित गर्यो विभिन्न कार्यक्रम

Advertisement

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६औं वर्ष पूरा गरी १७औं वर्षमा प्रवेशको अवसरमा शनिवार विभिन्न सम्पन्न गरेको छ । 

सो अन्तर्गत कामना सेवा फुटसल कप सिजन ३ सम्पन्न भएको हो । पुरुष तर्फको खेलको फाइनल खेलमा गरिमा विकास बैंकले माछापुच्छ्रे बैंकलाई २–१ ले हराउदै उपाधी जितेको छ । 

Advertisement

त्यसैगरी महिला तर्फको फाइनल खेलमा माछापुछ्रे बैंकले आयोजक कामना सेवालाई २–० ले हराउदै उपाधी जितेको छ । 

undefined

कामना सेवाले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष फुटसल कप आयोजना गर्दै आएको छ । विजेता तथा उपविजेता टिमलाई बैकको तर्फवाट ट्रफि, मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल, प्रमुख संचालन अधिकृत विकास ढुङ्गाना र एन्फा रेफ्रि नारायण अधिकारीले विजेता तथा उपविजेता टिमलाई पुरस्कार प्रदान गरेका हुन् ।  

त्यस्तै, बैंकको बुटवल क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकका संचालक भीमप्रसाद तुलाचनको प्रमुख आतिथ्यता र नेपाल रक्तदाता संघ, बुटवलका अध्यक्ष दयावहादुर सिलवालको आतिथ्यतामा सम्पन्न भएको उक्त रक्तदान कार्यक्रममा ७६ पिन्ट रगत संकलन भएको बैंकका बुटवल क्षेत्रका क्षेत्रीय प्रमुख खिमलाल भुषालले वताए ।  

वार्षिकोत्सवको अवसरमा आयोजना गरिएका विभिन्न कार्यक्रम अन्तर्गत बैंकको कोशी प्रदेशले धरान उपमहानगरपालिकामा श्रमदान गरेको छ । धरान उपमहानगरपालिकाले कोकाह खोला देखी धरान सम्म पानी ल्याई रिचार्ज गर्नको लागि निर्माण गर्न लागिएको रिचार्ज ट्याङ्की निर्माण कार्यको लागि श्रमदान गरिएको हो । उक्त श्रमदान कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गको समेत उपस्थिती रहेको बैंकका कोशी प्रदेश प्रमुख मोहनदत्त खनालले वताए ।  

बैंकले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रमसहित सप्ताहव्यापी रुपमा कार्यक्रमहरु गर्दैछ । बैंकले गत शुक्रवार देखी विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ । आगामी विहिवारसम्म बैंकले विभिन्न कार्यक्रमहरु गर्ने जनाएको छ ।

Advertisement

Advertisement