राष्ट्रिय वाणिज्य बैंकद्वारा भूकम्प पीडितको लागि एक करोड आर्थिक सहयोग प्रदान

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प पीडितको सहायताका लागि एक करोड रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । 

बैंक सञ्चालक समिति सदस्य दिलिपकुमार ढुङ्गानाले प्रधानमन्त्री पुष्पकमल दहाललाई आज एक कार्यक्रमका बीच एक करोडको चेक रकम हस्तान्तरण गरेका हुन् । 

Advertisement

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितहरुको उद्धार र उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको च.हि.न. ११३०१००००३७६२००१ खातामा बैंकको तर्फबाट एक करोड ट्रान्सफर गरेको हो । 

उक्त कार्यक्रममा मुख्य सचिव डा.बैकुण्ठ अर्याल, स्वकीय सचिव गंगा दहाल, बैंक सञ्चालक समिति सदस्यहरु रोमिला ढकाल उप्रेती, सुशिल घिमिरे र लक्ष्मण घिमिरे, नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गाकुमारी कँडेल, ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख आनन्द सुवेदी, सिंहदरबार परिसर शाखाका प्रबन्धक अनिश रायमाझी, सहायक प्रबन्धक ईश्वर उप्रेती, सन्दीप अर्याल, गगन लोहारको उपस्थिति रहेको थियो । 


 

Advertisement

Advertisement