क्याम्पसको कमजोरीका कारण सप्तगण्डकीका बिबिएस चौंथो बर्षका सबै विद्यार्थी फेल

Advertisement

काठमाण्डौँ । चितवनको भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसको कमजोरीका कारण सो कम्पसमा अध्ययन गरेका बिबिएस चौथो तहका सबै विद्यार्थी फेल (अनुत्रिण) भएका छन्  । 

त्रिभुवन विश्वविद्यालयले सोमबार सार्वजनिक गरेको बिबिएस चौथो तह नियमित परीक्षा २०७९ को नजितामा सप्तगण्डकीका उक्त तहका सबै विद्यार्थी फेल भएका हुन् । उक्त तहको परीक्षामा सप्तगण्डकी बहुमुखी क्याम्पसका २३२ विद्यार्थी सहभागी थिए । 

Advertisement

क्याम्पसले स्नातक तहको अन्तिम वर्ष व्यवस्थापन संकायको ५० अंकको प्रयोगात्मक परीक्षामा क्याम्पसले अंक चढाउन बिर्सिंदा सबै विद्यार्थीको नजिता अनुर्तिण देखाएको एक सम्वन्धित् विद्यार्थीले बताए ।  

उनले भने, ‘५० पूर्णाङकको प्रयोगात्मक परीक्षाको नम्बर नै नचढाई पठाइएका कारण सबै फेल र पार्टियल एब्सेन्ट भनेर रिजल्ट आयो । हामी पनि छक्क पर्यौं । यस्तो किन भयो ? भनेर बुझ्दा नम्बर नै चढाउन बिर्सिएको रैछ ।’ 

यस विषयमा क्याम्पसले आफ्नो कमजोरी भएको स्वीकार गरेको र यसलाई सच्याउने प्रतिवद्धता जनाएको बताउँदै पीडित विद्यार्थीहरुले क्याम्पसले नै केही प्राविधिक त्रुटी भएको स्वीकार गरेकाले आफूहरु चुप लागेको बताए ।

Advertisement

Advertisement