काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले शेयरधनीहरुलाई ८.४२ प्रतिशत लाभांश दिने भएको छ ।
सञ्चालक समितिको हिजो बसेको बैठकले आज २०७९÷८० नाफाबाट ८.४२१ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव रमेश भण्डारीले जनाएका छन् ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश अर्थ मन्त्रालयबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउने छन् ।
कम्पनीको हाल कायम चुक्ता पूँजी ५५ करोड ५६ लाख रुपियाँ छ ।