शहीद परिवारले रोपेका फूलहरू बजारमा पठाउन थालियो

Advertisement

काठमाडौं । नेपाल प्रहरीका शहीद परिवारले तिहारलाई लक्षित गरी रोपेका फूलहरू बजारमा पठाउन थालिएको छ । 

बिहीबारबाट शहीद प्रहरीका परिवारको जीविकोपार्जनमा टेवा पुग्ने अपेक्षाका साथ नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशको सहयोगमा १५ परिवारले रोपेका फूल बिक्रीका लागि बजार पठाउन लागिएको हो ।  

Advertisement

वीरेन्द्रनगर नगरपालिका–५, चिसापानीमा रहेको कर्णाली प्रदेश प्रहरी गण सुर्खेतको झण्डै २२ कट्ठा क्षेत्रफलमा फूलखेती गरिएको थियो । 

प्रहरी परिवारका लागि नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशले विभिन्न समयमा कल्याणकारी कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । 

अमर शहीद प्रहरी परिवारको सक्रिय सहभागिता र परिश्रमले उक्त फूलखेतीबाट १२ लाख आर्थिक आम्दानी हुने अनुमान गरिएको छ । सो आम्दानी उनीहरूले नै उपभोग गर्ने तथा जीविकोपार्जनमा टेवा पुग्ने अपेक्षा नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशले लिएको छ । 

खेर गइरहेको बाँझो जग्गामा यस्ता आयआर्जनमूलक खेती गरिनाले अमर प्रहरीका परिवारलाई स्वरोजगार सिर्जना भई जीविकोपार्जनमा सहयोग पुग्ने र नेपालका अन्य ठाउँहरूमा पनि यस्ता क्रियाकलाप गर्न आवश्यक रहेको कुरा नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशका अध्यक्ष श्रीमती बिन्दु अधिकारी ढकालले बताइन् ।

Advertisement

Advertisement