नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गरौँः मेयर बालेन्द्र साह

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्न आग्रह गरेका छन् । 

मंगलवार काठमाडौंमा नेपाल संवत ११४४ को कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले काठमाडौं महानगरपालिकाले पहिल्यैबाट नेपाल संवतको प्रयोग गरिरहेको उल्लेख गर्दै देशभर नै सबैले प्रयोग गर्न आवश्यक रहेको बताए । 

Advertisement

उनले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्न सरकारले मुख्य भुमिका निभाउनुपर्ने बताए । उनले आगामी वर्षसम्म राष्ट्रिय रुपमा नै प्रयोग हुने विश्वास रहेको बताए । 

मेयस साहले काठमाडौं महानगरपालिकाले आधिकारिक रुपमा नै नेपाल संवत प्रयोग गरिरहेको बताए ।  

Advertisement

Advertisement