सिद्धार्थ बैंकको साधारण सभाबाट लाभांश पारित

Advertisement

काठमाडौं । सिद्धार्थ बैंकको बाइसौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

बालुवाटार स्थित आम्रपाली बैंङक्वेटमा बैंक संचालक समितिका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । 

Advertisement

उक्त सभाले बैंकको चुक्ता पूँजी रु. १४,०८,९९,८०,१८५/– को ४.२१ प्रतिशतका दरले हुने रु. ५९,३१,८८,१६६/– (अक्षरेपी उनान्साठ्ठी करोड एकतीस लाख अठासी हजार एक सय छैसठ्ठी रुपैंया मात्र) नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।
 

Advertisement

Advertisement