काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको नाफा उल्लेख्य बढेको देखिएको छ ।
चालू आवको पहिलो त्रैमासमा कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा ३८७.८३ प्रतिशतले बढेको देखिएको हो ।
समीक्षा अवधिमा कम्पनीले ४ करोड ३३ लाख रुपियाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले ८८ लाख रुपियाँ खुद नाफा कमाएको थियो ।
त्यस्तै, कम्पनीको कुल आम्दानी ३३७.८६ प्रतिशत बढेर ६ करोड २१ लाख रुपियाँ पुगेको छ भने कुल खर्च १०३.११ प्रतिशत बढेर ४७ लाख रुपियाँ पुगेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । पहिलो त्रैमाससम्म प्रतिशेयर आम्दानी ११.२७ रुपियाँले बढेर १४.१७ रुपियाँ पुगेको छ । साथै, प्रतिशेयर नेटवर्थ १६७.४९ रुपियाँ र मूल्य आम्दानी अनुपात ६५.७१ गुणा रहेको छ ।
१ अर्ब २२ करोड ३२ लाख रुपियाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा १५ करोड ९५ लाख रुपियाँ सञ्चित छ।