‘असन्तुष्टि नागरिकको शक्तिलाई दुर्गा प्रसाइँले दुरुपयोग गरेको आरोप’

राजाको पालामा प्रतिव्यक्ति आय १८५ डलर थियो, हामीले १४०० पुर्यायौंः थापा

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले असन्तुष्ट नागरिकको शक्तिलाई दुर्गा प्रसाइँले दुरुपयोग गर्न लागेको आरोप लगाएका छन् । 

प्रसाइँले बिहीबारबाट गर्न लागेको विरोध प्रदर्शनतर्फ संकेत गर्दै उनले आलोचना गरेका छन् । नवलपुरमा बुधबार आयोजित आफ्नो पार्टीको कार्यक्रममा थापाले पञ्चायत कालको तुलनामा बहुदलीय व्यवस्थामा उल्लेखनीय प्रगति भएको दाबी पनि गरे । 

Advertisement

राजालाई भगवानको अवतार मानेर चलेको ३० वर्षे शासन व्यवस्थाको अन्त्यमा नेपालीको प्रतिव्यक्ति आय १८५ डलर रहेको तर्क गर्दै उनले भने, ‘३० नेपालीको प्रतिव्यक्ति आए १८५ डलर थियो । अहिले बढेर १४ सय डलर पुगेको छ । पञ्चायत सकिने बेलामा सरकारी कर्मचारीलाई तलब खुवाउन नसक्ने अर्थतन्त्र थियो ।’

राजाको माग गर्नेहरुलाई २०५९ असोज १८ र २०६१ माघ १९ सम्झन आग्रह गर्दै थापाले असोज १८ मा राजाको पक्षमा दीपावली गर्नेहरु २०६२–६३ मा गणतन्त्रको नारा लगाउन उभिइसकेको दावी गरे । राजाले सत्ताको बागडोर सम्हालेको छोटो समयमा नै जनता उनकै विरुद्धमा उभिन पुगेको उनको दावी छ । 

थापाले भने, ‘मानिसहरु रिसाएका छन् । असन्तुष्ट छन् । त्यसका जायज कारणहरु छन् । त्यसको चिन्ता र चिन्तन गर्नुपर्ने छ । असन्तुष्ट नागरिकलाई दुरुपयोग गरेर व्यवस्था विरोधी कार्य गर्नेसँग सचेत हुनुपर्छ ।’

Advertisement

Advertisement