प्रसाइँलाई घरमै नजरबन्द, उनका समर्थकहरुलाई पक्राउ गर्न सुरु, प्रदर्शन गर्न सबैतिर निषेध

Advertisement

काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको गठवन्धन सरकार दुर्गा प्रसाइँको नेतृत्वमा भइरहेको आन्दोलनप्रति निर्ममरुपमा प्रस्तुत भएको छ । 

संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताविरुद्धको आन्दोलनको नेतृत्व गर्दै आएका प्रसाइँले आज शुक्रबार तीनकुनेमा विरोध प्रदर्शनको तयारी गरेका थिए । आजै बिहान प्रसाइँलाई भक्तपुरस्थित निवासमा नजरबन्द गरिएको छ भने कोटेश्वरमा भेला भएका उनका समर्थकहरुलाई प्रहरीले व्यापकरुपमा धरपकड गरिरहेको छ । 

Advertisement

साथै, विरोध प्रदर्शन गर्न पनि सबैतिर निषेध गरिएको छ । बिहीबार तीनकुनेमा विरोध प्रदर्शन गर्न दिने निर्णय गरेको स्थानीय प्रशासनले आज बिहानै विज्ञप्ति निकालेर आफूहरुसँग कुनै समन्वय नगरी विरोध प्रदर्शन गर्न लागिएको भन्दै निषेध गरेको हो । 

प्रहरीले प्रसाइँका समर्थकहरु पशुपति खड्का, सतिस राजावादी, विक्रम पाण्डे, सौरभ भण्डारी, मुनिन्द्र राजभण्डारी, नरेन्द्र देउजा, सावित्री क्षेत्रीलगायतलाई पक्राउ गरेको हो । 
 

Advertisement

Advertisement