काठमाडौं । त्रिभुवन विमानस्थलको ग्राउण्ड ह्यान्डलिङ प्रतिस्पर्धाको माध्यमबाट छनौट गरिने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार विमानस्थल सेवा शुल्क नियमावली, २०७८ को नियम ५ (२) बमोजिम त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाको माध्यमबाट छनौट भएको संस्था मार्फत गराउने निर्णय भएको छ ।
हालसम्म उक्त सेवा बिना प्रतिस्पर्धा नेपाल वायुसेवा निगमले उपलब्ध गराउँदै आएको थियो ।