‘बेलाको’ ब्राण्डको नयाँ बिक्री केन्द्र जनकपुरमा, चाँडै नेपालमै उत्पादन गर्ने योजना छः बासिद

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का युवा उपाध्यक्ष अब्दुल बासिदले ‘बेलाको’ ब्राण्डको घरायसी तथा विद्युतीय सामग्रीहरुको नयाँ शाखा जनकपुरमा विस्तार गरेका छन् । 

शनिबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले उक्त ब्राण्डको शोरुमको उदघाटन गरे । ‘बेलाको’को यो दोस्रो बिक्री केन्द्र हो । यो कतार र बेलायतमा पनि विस्तापित भइसकेको ब्राण्ड हो । यो ब्राण्डलाई भारतमा पनि बिक्री गर्ने योजनामा आफूहरु रहेको बासिदले बताउँदै आएका छन् । 

Advertisement

आफ्नो ब्राण्डलाई आक्रामकरुपमा नेपालमा विस्तारको रणनीति लिएका उनले देशका अन्य स्थानमा पनि थप शोरुमहरु खोल्ने योजना बनाएका छन् । कतार र बेलायतमा सफलतापछि उत्साहित भएर नेपालमा यो ब्राण्ड भित्राएका बासिदले जनकपुरमा नयाँ शाखा विस्तार गरेर आफूहरुले मधेशका बासिन्दालाई उत्कृष्ट उत्पादन उपलब्ध गराउन थालेको बताए । 

उनले भने, ‘आज हामीले नयाँ शाखा उद्घाटन मात्र गरेका छैनौँ, आफ्नै जन्मभूमि र मधेशका बासिन्दाहरुसँग जोडिन गइरहेका छौँ । समुदायलाई जोड्ने पुलको काम ‘बेलाको’ ब्राण्डले गर्दैछ । तपाइँहरुको ढोकाढोकामा पुगिरहेका छौँ ।’

‘बेलाको’ ब्राण्डको नेपालको बिक्रेता आईकेबीएच ग्रुप प्रा.लि.का सीईओ बासिदले यो ब्रान्ड मात्र सबैको मनमुटुमा बस्ने उत्पादन भएको बताउँदै यसमा गुणस्तरको कुनै समस्या नरहेको बताए र उनले भने, ‘बेलाको ब्राण्ड प्रयोग गर्ने हरेक परिवारका सदस्यले हाम्रा सामग्रीमा उत्कृष्टता, गुणस्तर र नवीनताको अनुभूति गर्ने छन् । सही सामग्री खरिद गरेकोमा उहाँहरुलाई गौरवानुभूति हुने छ ।’

विश्वसनीयताको विरासत र भविष्यको लागि एउटा भिजन बोकेर आफूहरु आएको बताउँदै बासिदले सानो उमेरमै बैदेशिक रोजगारीको सिलसिलामा कतारमा पुगेको, जोखिम मोलेर व्यापारमा हालत हालेको, पौरखले नै यसमा सफलता प्राप्त गरेको बताए । विदेशमा सिकेको ज्ञा, सीप र अनुभव देशमा लगाउनुपर्छ भनेर आफूहरुले ‘बेलाको’ ब्राण्ड भित्राएको उनले बताए । 

बासिदले यो ब्राण्ड निकट भविष्यमा नेपालमा नै उत्पादन गर्ने तयारी आफूले गरेको बताए । आफू ब्राण्ड प्रवर्द्धनमा मात्रै नेपाल आएको नभई युवाहरुलाई हौसला दिन पनि आएको बताउँदै  नेपालमा लगानीको वातावरण नभए पनि देशभित्रै केही गर्न सकिन्छ भन्ने सन्देश युवाहरुलाई प्रवाह गर्न चाहेको बताए । 

नेपालमा विदेशी लगानी भित्राउन अझै पनि समस्या रहेको बासिदको अनुभव छ । उनले यसमा सुधार हुनुपर्ने बताए । बासिदले आक्रामकरुपमा ‘बेलाको’ ब्राण्डको विस्तार गर्दा यस्तै घरायसी तथा विद्युतीय सामग्री बिक्री गर्दै आएको चौधरी समूहलाई चुनौति बनेको छ । 


कार्यक्रममा गैरआवासीय नेपाली संघको युरोप संयोजक चिन्तामणि सापकोटाले नेपालमा ढुंगामुडा गर्ने राजनीतिक दलका कार्यकर्ताले भन्दा विदेशमा भाँडा माझ्ने गैरआवासीय नेपालीलाई देशको माया हुने बताए । उनले बासिदको नेपालमा लगानी आम युवाहरुलाई एक शिक्षा भएको बताए । 

‘बेलाको’ ब्रान्डका नेपाल प्रमुख लक्ष्मण सापकोटाले बेलाको ब्राण्डमा ४३ थरीका सामानहरु उपलब्ध रहेको बताए । उनले यी सामग्री टिकाउ र भरपर्दो रहेको भन्दै ढुक्क भएर खरिद गर्न आग्रह गरे । 

बासिदले नेपालमा करिब २५ करोड रुपियाँ लगानी गरेको र स्वदेश र विदेशमा करिव ४५० लाई रोजगारी दिएका छन् । आधुनिक प्रविधि प्रयोग गरेर उत्पादित ‘बेलाको’का टेलिभिजन, रेफ्रिजेरेटर, एयर कन्डिसनर, पेष्ट फ्रिजर, गिजर, हिटरलगायतका सामग्री उपलब्ध छन् । यस ब्राण्डको ब्राण्ड एम्बसडरमा नायक प्रदीप खड्का छन् । 

Advertisement

Advertisement