शेयर बजारमा गिरावट जारी रहँदा ९६ करोडमै खुम्चियो कारोबार

Advertisement

काठमाडौं । शेयर बजारमा गिरावट जारी रहँदा कारोबार रकम पनि खुम्चिन थालेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७.२९ प्रतिशतले घटेको हो । ०.३९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८५१.२३ अंकमा ओर्लिएको हो । 

Advertisement

आज २९३ कम्पनीका ३४ लाख १९ हजार ७३ कित्ता शेयर किनबेच हुँदा ९६ करोड ४० लाख १० हजार ४ सय ३१.२७ रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजार घटे पनि थ्रीस्टार हाइड्रो, सबैको लघुवित्त, इङ्वा हाइड्रो, माई खोला हाइड्रो र मोलुङ हाइड्रोका लगानीकर्ताहरुले क्रमशः ९.६३, ९.०४, ८.६०, ६.२८ र ५.६९ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै माउन्टेन इनर्जी, यूनाइटेड इदीमर्दी हाइड्रो, एनआरएन इन्फ्रास्ट्रक्चर, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २ र कुमारी इक्वीटी फण्डका लगानीकर्ताहरुले क्रमशः ९.९९, ९.९९, ९.९८, ६.३३ र ५.८९ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज सोनापुर मिनिरल्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६ करोड, ९५ लाख २९ हजार २ सय ७०.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement