शेयर बजार दोहोरो अंकले उचालियो, पौने तीन अर्ब बढीको कारोबार

Advertisement

काठमाडौं । शेयर बजारमा आज उत्साह देखिएको छ । बजार दोहोरो अंकले बढेसँगै पौने ३ अर्ब बढीको कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११.७३ अंकले बढेको हो । ०.६३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८५२.७७ अंकमा पुगेको छ ।

Advertisement

आज २९९ कम्पनीका ९५ लाख ५ हजार ६ सय ८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ९१ लख ४६ हजार ४ सय ३३.९५ रुपियाँ बराबरको कारोबार भएको हो ।

बजार उकालो लागेको दिन विभिन्न ४ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । त्रिशुली जलविद्युत कम्पनी, समाज लघुवित्त, सीवाईसी नेपाल लघुवित्त र नबिल ब्यालेन्स्ड फण्ड २ का लगानीकर्ताहरुले क्रमशः १०, ९.९७, ९.९१ र ९.४८ प्रतिशतले नाफा कमाएका छन् ।

त्यस्तै ग्लोबल आईएमई लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.८१ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर सबैभन्दा बढी किनबेच भएको छ । उक्त कम्पनीको ८६ करोड ८३ लाख ७८ हजार १ सय रुपियाँको संस्थापक शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार ७.२९ अंकले बजार घट्दा ९६ करोड ४० लाख १० हजार ४ सय ३१.२७ रुपियाँ, सोमबार ३.४२ अंकले बजार घट्दा १ अर्ब १९ करोड ७२ लाख ५७ हजार ८ सय ९४.६९ रुपियाँ,  मंगलबार १०.१० अंकले बजार घट्दा १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार ४ सय ३८.३४ रुपियाँ  र हिजो बुधबार ३.३३ अंकले बजार बढ्दा  अर्ब १४ करोड १८ लाख १२ हजार ३ सय ८२.७८ रुपियाँ   बराबरको कारोबार भएको थियो ।   
 

Advertisement

Advertisement