काठमाडौं । कोशीका मुख्यमन्त्री केदार कार्की चढेको गाडीमाथि झापाको दमकमापहिचान पक्षधरले मंगलबार ढुंगामुढा गरेका छन् । उनीहरुले कालो झण्डा देखाउँदै ढुंगामुढा गरेका हुन् ।
पहिचान पक्षधरले प्रहार गरेको ढुंगाले मुख्यमन्त्री चढेको १–०४–००१ झ ०००३ नम्बरको गाडीको सीसा फुटेको छ । दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित एक कार्यक्रममा भाग लिन गएका कार्कीमाथि
कालो झण्डा देखाउँदै ढुंगा प्रहार गरिएको हो ।
‘कोशी’ नामाकरणप्रति असन्तुष्टि जनाउँदै पहिचान पक्षधरले लामोसमयदेखि संघर्ष गर्दै आएका छन् । उनीहरुले यसअघि नेकपा एमालेका अध्यक्ष केपी ओली, सोही पार्टीका महेश बस्नेतको गाडीमाथि पनि ढुंगा प्रहार गरेका थिए ।
पहिचान पक्षधरले मध्यपहाडी राजमार्ग केन्द्रीत भएर अहिले सञ्चालन गरिरहेको अभियानका क्रममा पूर्वतर्फ लागेको नेकपा एमालेको अभियानलाई पनि रोक्ने र सो पार्टीका अध्यक्ष केपी ओलीलाई पूर्वमा प्रवेश गर्न नदिने चेतावनी दिएको छ ।